कोरोना अपडेट : थप १०५ जनामा सङ्क्रमण, ९९ जना डिस्चार्ज
नेपालखोज
२०७७ फागुन ४ गते १६:३३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशभर ३ हजार ३ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।
त्यस्तै थप ९९ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ३ सय ३ पुगेको छ । अहिले नेपालमा १ हजार ५ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५५ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया