नेपालका लागि जापानी राजदुत साइगोले गरे प्रधानमन्त्रीसंग विदाइ भेट
नेपालखोज
२०७७ फागुन ५ गते १५:५५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदुत सामिची साइगोले आज प्रधानमन्त्री निवास बालुवाटारमा विदाइ भेट गरेका छन । राजदुत साइगो आफ्नो दुई वर्ष ९ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका हुन ।
भेटमा प्रधानमन्त्री ओलीले राजदुत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुंगा सुरुङलगायतका विभिन्न कार्यक्रमहरु मार्फत नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध थप सदृढ बनाउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरेका छन ।
आगामी दिनमा यी दुई घनिष्टमित्र देशबीच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखस्तरको भ्रमण आदान प्रदान हुने अपेक्षासमेत प्रधानमन्त्रीले व्यक्त गरे । त्यस्तै राजदुत साइगोले आफ्नो कार्यअवधि भर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका छन ।
सम्बन्धित

प्रतिक्रिया