राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर
नेपालखोज
२०७७ फागुन ६ गते १२:४३

काठमाडौं । नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा कम्पनीमा एक्स्टेन्सन काउन्टर स्थापना गरेको छ । बैंक र बीमा कम्पनीबीच ग्राहकबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले सम्झौताअनुसार काउन्टर स्थापना भएको हो ।
यसका साथै कम्पनीमा कार्यरत कर्मचारीलाई बैंकले सहुलियत दरमा विना धितो कर्जा उपलब्ध गराउने सम्झौता पनि भएको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन् ।
बैंकले देशैभर २०४ शाखा, ४१ वटा एक्स्टेन्सन काउन्टर, १४३ वटा एटीएम तथा अन्य विभिन्न विद्युतीय, डिजिटल माध्यमबाट सेवा दिँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया