संविधानभन्दा ठूलो अन्तर्राष्ट्रिय अभ्यास हुँदैन : एमीकस क्युरी शाक्य

काठमाडौं । एमीकस क्युरी वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पार्टीभित्रको विवादले संसद् भंग गर्न नपाइने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा एमिकस क्युरीका तर्फबाट राय दिँदै उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा यस्तो बताएका हुन् ।
‘‘पार्टी विवादको समाधान पार्टी र संसदीय दलको विधानभित्रबाट गर्नुपर्छ । पार्टीभित्रको विवादलाई ल्याएर संसद् भंग गर्न पाइँदैन,’ उनले भने ।
प्रधानमन्त्रीले पेश गरेको लिखित जवाफमा पार्टीभित्रैबाट काम गर्न अवरोध भएकाले विघटन गर्नुपरेको चर्चा गर्दै उनले यस्तो गर्न नमिल्ने बताएका हुन् ।
संविधानमा प्रष्ट व्यवस्था भएको अवस्थामा अन्तर्राष्ट्रिय मूल्यमान्यता वा व्यवस्था हेर्न आवश्यक नरहेको उनले बताए । ‘भएको जतिमात्रै हो अधिकार प्रयोग गर्ने । लिखित संविधान भएको देशमा लेखिएकै कुरा मान्य हुन्छ । जे लेखिएको छ, त्यही हो मान्य हुने,’ शाक्यले भने ।
प्रतिक्रिया