निशेष र विभेदको राजनीति शुरु भयाे : पूर्वराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमतिमा खडा भएको जिकिर गर्दै मुलुकको अस्तित्व रक्षा पनि सहमतिमै हुने बताएका छन् ।
७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा आज (बिहीवार) जारी गरिको शुभकामना सन्देशमा पूर्वराजाले निशेष र विभेदको राजनीति शुरु भएको आरोप लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।
‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निशेष र विभेदको राजनीति शुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’ संवाद सचिब डा. फणि पाठकद्वारा जारी पूर्वराजाको सन्देशमा भनिएको छ ।
उनले प्रजातन्त्रको सिद्धान्त अनुरुप मुलुकमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् । उनले सबैले मातृभूमिको पवित्र माटो छातिमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएकोसमेत सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया