शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन : सरकारका प्रवक्ता गुरुङ

नेपालखोज २०७७ फागुन १७ गते १९:५८

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले नै संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने उल्लेख गरेको बताए ।

संसद बैठक आह्वान भइसकेको भन्दै मन्त्री गुरुङले प्रधानमन्त्री ओली संसदीय प्रक्रियाबाटै अघि बढ्ने पनि बताए । मन्त्री गुरुङले प्रधानमन्त्री ओलीको राजीनामा माग्नेलाई सर्वोच्च अदालतको उक्त फैसला राम्रोसँग अध्ययन गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया