‘ओलीको असंवैधानिक कदमविरुद्ध फेरि एक पटक सामूहिक सङ्घर्ष गर्नुपर्छ’

नेपालखोज २०७७ फागुन ६ गते १९:३९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इञ्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभालाई सम्बोधन गदै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र सङ्घीयतामाथि प्रहार गरेकाले यस्तो कदम अब धेरै दिन नटिक्ने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको मूल मर्ममाथि नै प्रहार हुने गरी प्रतिमगनकारी कदम चालेका छन् । ओलीको प्रतिक्रान्तिकारी, असंवैधानिक, अलोकतान्त्रिक कदमविरुद्ध फेरि एक पटक सबैले सामूहिक सङ्घर्ष गर्नु पर्ने दिन आएको छ । प्रतिगमनविरुद्धको आन्दोलमा लागिरहेकै बेला कमरेड डाजाराज वाग्लेको मृत्यु भएकाले प्रतिगमनकारीको परास्त भएपछि मात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मधेश केन्द्रित दलहरूलाई संयुक्त आन्दोलनका लागि अपिल गर्दै आफू पनि अपूरो संविधान परिमार्जनकै पक्षमा रहेको उल्लेख गरे ।

त्यस्तै प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगमनविरुद्धको आन्दोलन बाँकी नै रहेकाले यसमा सबैलाई एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया