गलवानमा आफ्ना ४ सैनिक मारिएको चीनले गर्यो स्वीकार
नेपालखोज
२०७७ फागुन ७ गते ११:००
एजेन्सी । भारतको गलवानमा गत वर्ष भएको झडपमा आफ्ना चार जना सैनिकको मृत्यु भएको चीनले स्वीकार गरेको छ ।
गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना पनि चार सैनिकको मृत्यु भएको चीनले सैनिकहरुको श्रद्धान्जली दिँदै स्वीकार गरेको हो।
सो झडपमा परी भारततर्फका २० सैनिक मारिएका थिए । चीनको केन्द्रीय सैनिक आयोगले काराकोरम पर्वतमा ड्युटीमा रहेका चार चिनियाँ सैनिकको बलिदानीको सम्झना गरेको ग्लोबल टाइम्सले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया