मूलधारको राजनीतिमा आउन विप्लवलाई प्रधानमन्त्रीको आग्रह
नेपालखोज
२०७७ फागुन ७ गते ११:०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन् । उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरे ।
सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमत भन्दा बाहिर नजाने प्रधानमन्त्री बताए । अोलीले सरकारले भ्रष्ट्राचार गर्न नदिने र गरेमा कडा कारबाही गर्ने समेत बताए ।
सम्बन्धित
प्रतिक्रिया