कारागारभन्दा बाहिर रहेका ८ जनालाई पनि आममाफी
नेपालखोज
२०७७ फागुन ७ गते ११:३५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारभन्दा बाहिर रहेका ८ जनालाई पनि आममाफी दिएकी छन् । विभिन्न मुद्दामा अदालतबाट फैसला भएर सजाय भुक्तान गर्न बाँकी रहेका ८ जनालाई राष्ट्रपतिले आममाफी दिएकी हुन् ।
सामान्यतया कारागार विभागबाट सिफारिस भएकाहरुका कैद मिनाहा हुने गरे पनि जेलबाहिरै रहेका ८ जनालाई भने गृहमन्त्रालयको सिफारिसमा आममाफी दिइएको हो ।
सजाय सुनाइएका तर कैद भुक्तान गर्न बाँकी रहेका व्यक्तिहरुको निवेदनका आधारमा गृहले कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी हुन् ।
सम्बन्धित

प्रतिक्रिया