सोमबार, वैशाख २४, २०८१

विश्वकप फुटबल-२०२२ यी हुन् उपाधिका दावेदार

नेपालखोज २०७९ मंसिर ४ गते १७:५५

काठमाडौं । फिफा विश्वकप आज २०२२ नोमेम्बर २० मा कतारमा सुरु हुँदैछ । २८ दिनसम्म चल्ने यो प्रतियोगितामा ३२ देसले भाग लिइरहेका छन्, जसमा ब्राजिल र अर्जेन्टिना सदाबहार दावेदार हुन् । २८ दिन, ३२ टोली र ६४ खेल । यस पटकको फिफा विश्वकपको उद्घाटन आयोजक कतार र इक्वेडरबीचको खेलबाट हुनेछ । विश्वभरका ३२ देसको सहभागिता रहे पनि केहि देसलाई ट्रफीको प्रबल दावेदार मानिएको छ ।

फ्रान्स : डिफेन्डिङ च्याम्पियन फ्रान्सले लगातार दोस्रो पटक विश्वकप जितेर इटाली ९१९३४, १९३८० र ब्राजिल ९१९५८, १९६२० को कीर्तिमान बराबरी गर्न खोज्नेछ । दुई पटक ९१९९८ , २०१८० विश्वकप जितेको फ्रान्समा एमबाप्पे जस्ता स्टार खेलाडी छन् भने बेन्जेमा जस्ता दिग्गज खेलाडी पनि छन् । समूह डी मा यस पटक फ्रान्ससँगै अष्ट्रेलिया, डेनमार्क तथा ट्युनिसिया छन् ।

बलियो पक्ष : फ्रान्सेली स्ट्राइकर एमबाप्पे , बेन्जेमा , ग्रिजम्यान , डेम्बेले र गिराउड आक्रमणकारी हुनेछन् । रसियामा भएको पछिल्लो विश्वकपमा ग्रिजम्यानले कांस्य बल र रजत जुत्ता जितेका थिए भने एमबाप्पेले युवा खेलाडीको अवार्ड प्राप्त गरेका थिए । कमजोरी : पल पोग्बा, क्रिस्टोफर एनकुन्कु, माइक म्यागनन, एन्थोनी मार्शल, लुकास डिग्ने, एनगोलो कान्टे जस्ता खेलाडीहरुको चोट गम्भीर चिन्ताको बिषय हो साथै, बलियो डिफेन्डरको अनुपस्थितिले यस पटक फ्रान्सलाई केही कमजोर बनाउनेछ।

खेल शैली : फ्रान्स आफ्नो आक्रमणकारी खेलका लागि परिचित छ। विश्वकप कीर्तिमान : फ्रान्सले सन् १९९८ र २०१८ मा उपाधि जितेको थियो भने २००६ मा उपविजेता भएको थियो ।

जर्मनी स् चार पटक उपाधि जितेको जर्मनी लाई यसपटक पनि उपाधिक‍ो प्रबल दावेदार मानिएको छ । समूह ई मा जापान, स्पेन तथा कोस्टारिकासँगै जर्मनी पनि छ । प्रशिक्षक हान्सी फ्लिकको जर्मन टिम २०१४ को इतिहास दोहोर्याउन तयार छ । यो विश्वकपमा जर्मनीका लागि थोमस मुलर र म्याट्स हमेल्स जस्ता खेलाडीको अनुभव काममा आउनेछ ।

बलियो पक्ष : स्ट्राइकर लिरोय साने, थोमस मुलरको विश्व(स्तरीय अनुभव काममा आउनेछ । मुलरले विश्वकपमा अहिलेसम्म १० गोल गरिसकेका छन् भने टिमो वर्नर र काई हाभर्टज जस्ता युवा खेलाडीहरुले यस पटक चकित पार्न सक्छन् ।

कमजोरी : यस पटक जर्मनीको डिफेन्स पहिलेको तुलनामा कमजोर छ । एन्टोनियो रुडिगर र म्याट्स हमेल्स जस्ता अनुभवी डिफेन्डर भए पनि डिफेन्ड पक्ष कमजोर छ । यी दुवै खेलाडी अहिले पहिलेको जस्तो फर्ममा छैनन् ।

खेल शैली : जर्मनी आक्रामक शैलीमा खेल्छ । यसको सबैभन्दा महत्त्वपूर्ण कुरा हरेक खेल हारको डर बिना खेल्नु हो ।
विश्वकप रेकर्ड : १०५४ , १९७४ , १९९० तथा २०१४ को विजेता ।

ब्राजिल : पाँच पटकको विश्वकप विजेता ब्राजिल यो प्रतियोगितामा सबैभन्दा सफल राष्ट्र हो। ब्राजिल विश्वको एक मात्र त्यस्तो देश हो जसले २१ पटक विश्वकपमा भाग लिएको छ। समूह जी मा ब्राजिलसँगै सर्बिया, स्विजरल्याण्ड र क्यामरुन छन् । पछिल्लो पटक सन् २००२ मा विश्वकप च्याम्पियन भएको ब्राजिलले आफ्ना प्रमुख स्ट्राइकरहरुका कारण छैटौं पटक उपाधि जित्ने मौका पाएको छ ।

बलियो पक्ष : ब्राजिलियन स्ट्राइकर नेयमार, भिनिसियस जुनियर, गेब्रियल जेसस तथा फर्मिनो आक्रमक खेलका लागि परिचित छन् । उनिहरुको विश्वस्तरीय अनुभवले ब्राजिललाई अझ बलियो बनाएकोछ । कमजोरी : रक्षा ब्राजिलको कमजोर पक्ष मध्ये एक हो । आफैं बाहिर रहेका ड्यानी अल्भेसजस्ता खेलाडीले ब्राजिलको डिफेन्सलाई बलियो बनाउन सकेका छैनन् । ब्राजिलको यही कमजोरी यो ठूलो खेलमा हारको कारण बन्न सक्छ ।

खेल शैली : ब्राजिल सधैं आफ्नो आक्रामक खेलका लागि परिचित छ। ब्राजिल जिन्जा शैलीको खेलका लागि चर्चित छ । पेले, रोनाल्डो, रोनाल्डिन्हो र अहिले नेयमारले यो स्टाइल प्रयोग गरेको देखिन्छ । प्रशिक्षक टिटे फुटबलको आक्रामक शैलीका लागि परिचित छन्।

विश्वकप रेकर्ड : १९५८, १९६२, १९७०, १९९४/२००२ को उपाधि बिजेता अर्जेन्टिना स् दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना यस पटक ट्रफीको प्रबल दावेदारको शीर्ष स्थानमा छ । अर्जेन्टिना समूह सी मा साउदी अरेबिया, मेक्सिको र पोल्याण्डसँग छ । लियोनेल मेस्सीको अन्तिम विश्वकप भएकाले यो सबैभन्दा मनपराईएको टिममध्ये एक हो । अर्जेन्टिना पछिल्ला ३५ खेल देखि अपराजित छ ।

यो टिमले डिएगो म्याराडोनाको कप्तानीमा अन्तिम पटक विश्वकप जितेको थियो । बलियो पक्ष : टिम एकता र एक अर्कामा विश्वास अर्जेन्टिनाको बलियो पक्ष हो । अनुभवी लियोनल मेस्सी, इम्मी मार्टिनेज तथा रोड्रिगो डे पाल अर्जेन्टिनियन टिमका आधार हुन् । प्रशिक्षक लियोन स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले असाधारण प्रदर्शन गरिरहेको छ ।

कमजोरी : अर्जेन्टिनाको रक्षा पंक्ति सधैं कमजोर मानिदै आएको छ। अर्जेन्टिनाले पटकपटक काउन्टर अट्याक रोक्न सकेको छैन । फाउलिङ पनि यो टिमका लागि चिन्ताको विषय हो ।

खेल शैली : अर्जेन्टिनाको खेल सधैं आक्रमणकारी हुन्छ । अर्जेन्टिना छोटो पास र आक्रमणमा विश्वास गर्छ। विश्वकप कीर्तिमान : सन् १९७८ मा उपाधि बिजेता, सन् २०१४ मा उपविजेता ।

प्रतिक्रिया