महिला लिगको आज अन्तिम खेल, एपीएफ र आर्मी भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिगको अन्तिम खेलमा शुक्रबार शीर्ष स्थानको नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब खेल्दै छन् । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजेपछि हुनेछ ।
एपीएफले अपराजित यात्रालाई कायम राख्दै लिग यात्रा सकाउन चाहन्छ भने दोस्रो स्थानमा रहेको आर्मी फुटबल क्लवले एपीएफलाई हराएर लिगको बिट मार्न चाहन्छ ।
लिगको उपाधि नेपाल एपीएफ क्लवले जितिसकेको कारण आजको खेल प्रतिष्ठाको लडाइँको रुपमा मात्र रहेको छ ।
एपीएफकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा को अभाव आजको खेलमा देखिनेछ । गत सोमबार नेपाल पुलिस क्लबसँगको खेलमा ६९औँ मिनेटमा घाइते भएकी सावित्राले त्यसको १० मिनेटपछि मैदान छाडेकी थिइन् ।
उनको घुडाँमा गम्भीर चोट लागेका कारण करिब १ वर्ष मैदान बाहिर रहनेछिन् । आज साम्बाको अनुपस्थितिको फाइदा उठाउने दाउमा आर्मी फुटबल क्लब छ ।
प्रतिक्रिया