तेन्दुलकरका छोराको करियर बन्दै गर्दा परिवारमा छायो खुशीको बहार
नेपालखोज
२०७७ फागुन ७ गते १४:३६

काठमाडौं । विश्वको सर्वोत्कृष्ट ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुनले इन्डियन प्रिमियर लिग आइपिएल २०२१ खेल्ने भएपछि सचिन तेन्दुलकरले खुशी व्यक्त गरेका छन् ।
मुम्बई इन्डियन्सले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अर्जुन तेन्दुलकरलाई अनुबन्ध गरेको छ, जसका कारण तेन्दुलकर परिवारमा खुशीयाली छाएको छ ।
अर्जुन पहिलो पटक अक्सनमा बिक्री भएपछि छोराको करियरका लागि चिन्तित तेन्दुलकर परिवार खुशी नहुने कुरै भएन। अझै खुशीको कुरा त त्यो हो कि सचिनसमेत मुम्बई इन्डियनसबाट खेल खेल्दथे। एउटा पितालाई आफ्नो छोराको बन्दै गरेको करियरले सुखानुभूति दिनु नौलो कुरा रहेन । बायाँ हातका तीब्र गतिका बलर अर्जुनको यो सफलताले सचिनका समर्थक र अर्जुनका समर्थकले परिवारलाई बधाई दिने क्रम बाक्लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया