सोमबार, वैशाख १५, २०८२

किन पक्राउ गरियो भुटानका दुई न्यायाधीश र जनरललाई ?

नेपालखोज २०७७ फागुन ७ गते १५:३९


काठमाडौं । भुटानमा दुई न्यायाधीश र एक शीर्ष जनरललाई प्रधानन्यायाधीश र सेनाका शीर्ष अधिकारी हटाउने षडयन्त्र गरेको आरोपमा पक्राउ गरिएको छ ।

पूर्व शाही बडीगार्ड कमाण्डेन्ट ब्रिगेडर थिंग्ले तोब्गे, सर्वोच्च अदालतका न्यायाधीश कुन्ली क्षिरिङ र उच्च अदलतका न्यायधीश याशी दोर्जेलाई हिरासतमा लिइएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उनीहरुलाई घरबाट हिरासतमा लिएपछि अदालतमा उपस्थित गराइएको हो ।

उनीहरु तीनैजनालाई भुटानका शीर्ष सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल बाटू क्षिरिङलाई भ्रष्टाचारको मुद्दामा फसाउँदै हटाउने प्रयास गरेको आरोप लगाइएको छ । थिम्पुको जिल्ला अदालतले उनीहरुलाई तीनैजनालाई जमानत दिन अस्वीकार गरेको छ । ।

प्रतिक्रिया