‘जनाताको हो टूँडिखेल’
नेपालखोज
२०७७ फागुन ७ गते १६:५३

काठमाडौं । बृहत् नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टूँडिखेलमा मार्च भएको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौंको टूँडिखेल वरपर मार्च पास गरेको हो । उनीहरुले रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको छ ।
‘जनाताको हो टूँडिखेल, टूँडिखेल फिर्ता गर, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ, गणतन्त्र जिन्दावाद, नागरिक आन्दोलन सफल पारौं, प्रतिगमन मुर्दावाद’लगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनकारीहरु मार्च पासमा सहभागी छन् ।

टूँडिखेलको गेटमा ताला लगाइएको र भित्र सेना परिचालन गरिएको हुँदा रत्नपार्कबाट सुरु मार्च पास सशस्त्र अस्पताल अघि सभामा परिणत भएको छ । कार्यक्रममार्फत नागरिक घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।
सम्बन्धित

प्रतिक्रिया