मंगलबार, वैशाख ११, २०८१

फेसन आइकन किम र र्‍यापर कान्य सम्बन्ध विच्छेद गर्दै

नेपालखोज २०७७ फागुन ८ गते ७:५७

एजेन्सी । अमेरिकी टेलिभिजन तथा फेसन आइकन किम कार्डाशियनले र्‍यापर कान्य वेष्टसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी छन् । विगत सात वर्षदेखिको वैवाहिक सम्बन्ध विच्छेदका लागी किमले मुद्दा दायर गरेकी बीबीसीले जनाएको छ ।

उनीहरुका चार सन्तान छन् । उनीहरुको वैवाहिक सम्बन्ध संकटमा रहेको हल्ला चलिरहँदा किमले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेको खबर सेलिब्रेटी सम्बन्धी खबर दिने वेबसाइट टिएमजेडले पहिलोपटक प्रकाशित गरेको समाचारमा जनाइएको छ ।

४० वर्षे रियालिटी स्टार किमले सन्तानको कानूनी तथा भौतिक अधिकार संयुक्त हुनुपर्ने माग गरेकी छन् । यद्यपी यस विषयमा किम र कान्य दुबैले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

‘गोल्ड डिगर’ जस्ता विश्व चर्चित र्‍यापका लागि प्रख्यात कान्य पछिल्लो १५ वर्षदेखि र्‍याप संगीतमा निकै मनपराइएका र्‍यापर हुन् ।

प्रतिक्रिया