शुक्रबार, वैशाख ७, २०८१

बलिउड अभिनेत्री सोनम कपुर दम्पति क्वारेन्टाइनमा

नेपालखोज २०७६ चैत ६ गते ८:२३

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर र उनका श्रीमान आनन्द आहुजा क्वारेन्टाइनमा बसेका छन् ।

श्रीमान आनन्द आहुजासँग लन्डन बस्दै आएकी सोनम भारत फर्किएलगत्तै सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत आफु क्वारेन्टाइनमा बस्न लागेको बताएकी थिइन् ।

अभिनेत्री कपुर र उनका श्रीमान आहुजालाई कोरोना भाइरसको संक्रमण नदेखिए पनि परिवारका सदस्यसँग घुलमिल हुनु पर्ने हुँदा क्वारेन्टाइनमा बस्न लागेको जानकारी गराएकी छन् ।

उनले विमानस्थलमा कोरोनाको विभिन्न परीक्षण गराएकी थिइन् । उनले अन्तर्राष्ट्रिय यात्रा गरिरहेका यात्रुलाई समेत क्वारेन्टाइनमा बस्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया