कसले जित्छ अस्ट्रेलियन ओपनको फाइनल नोभाक जोकोभिच वा डानी मेडेभेडेभ ?
नेपालखोज
२०७७ फागुन ८ गते १२:३०

मेलबोर्न । यस वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितातर्फ पुरुष एकलको फाइनल खेल विश्व नम्बर १ नोभाक जोकोभिच र तेस्रो वरियाताका डानी मेडेभेडेभबीच हुने भएको छ । फाइनल खेल आइतबार हुनेछ ।
अस्ट्रेलियन ओपनमा जोकोभिजको यो लगातार तेस्रो प्रवेश हो । उनले सेमिफाइनलमा रुसी खेलाडी अस्लान कारात्सेभलाई लगातार तीन सेटमा पराजित गरेका थिए । उनले कारात्सेभलाई १ घण्टा ५३ मिनेट खेल्दै ६–३, ६–४ र ६–२ ले पराजित गरे ।

यो प्रतियोगिता जिते जोकोभिचको १७औं ग्रान्डस्लाम उपाधि हुनेछ । समकालीन खेलाडीहरु राफेल नाडाल र रोजर फेडररले समान २०–२० वटा ग्रान्डस्लाम जितिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया