इन्धनको मूल्य वृद्धि भएपछि हवाइ भाडादर पनि आकासियो
नेपालखोज
२०७७ फागुन ८ गते १३:०२
आयल निगमले बुधबारदेखि हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेपछि नेपाल वायुसेवा संचालक संघले हवाइ भाडा पनि वृद्धि गरेको छ । यो नियम शनिबारदेखि लागू हुनेगरी लागु भएकोे संघले जनाएको हो ।
इन्धनको मूल्य बढेपछि भाडादर नबढाए हवाइ सञ्चालकहरु मारमा पर्ने कारण भाडादर बडाइएको हो । इन्धनको मूल्य बढ्नु व्यवसायीको लागि सामान्य रहे पनि उवभोक्ता भने मारमा पर्ने निश्चित छ । वृद्धि भएको भाडाले ढाड सेकिने त आखीर उपत्रोक्ताको नै हो ।
सम्बन्धित
प्रतिक्रिया