गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप : पुरुषतर्फको उपाधि तनहुँ र महिला तर्फको म्याग्दीलाई

काठमाडौं । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि तनहुँले जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनलमा तनहुँले स्याङजालाई ३–२ को सेटमा हराएको हो । तनहुँले पहिलो सेट २५–२३ ले गुमायो । तर दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । त्यस्तै चौथो सेट स्याङजाले २५–१३ ले जितेपछि खेल पाँचौं सेटसम्म पुगेको थियो ।
पाँचौं सेटमा १५–१० ले आफ्नो पक्षमा पार्दै तनहुँ च्याम्पियन बनेको हो । विजेता तनहुँले २ लाख तथा उपविजेता स्याङजाले १ लाख रुपैयाँ प्राप्त गरेको छ । फागुन ४ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता थियो ।
त्यस्तै गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कपको महिलातर्फको उपाधि म्याग्दीले जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा पर्वतलाई ३–० को सोझो सेटमा हराएर म्याग्दी च्याम्पियन बनेको हो । म्याग्दीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१७ ले जित्यो ।
उपाधि विजेता म्याग्दीले २ लाख रुपैयाँ र उपविजेता पर्वतले १ लाख रुपैयाँ प्राप्त गरेको छ । तनहुँले तेस्रो हुँदै ५० हजार रुपैयाँ प्राप्त गरेको छ । फागुन चार गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाको सहभागिता थियो ।
प्रतिक्रिया