आजको मौसमः उपत्यकासहित धेरै ठाउँको मौसम सफा

नेपालखोज २०७७ फागुन ९ गते ८:२३

काठमाडाैं । आज काठमाडाैंको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आज सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् मञ्जु बासीकाअनुसार पूर्वी तराईका एक/दुई ठाउँमा अहिले कुहिरो लागेको छ तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ ।

अबको दुई/तीन दिनसम्म मौसम बद्ली हुने सम्भावना नरहेको पनि उनले जानकारी दिइन् । देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढे पनि बिहान बेलुका भने चिसो छ । अब बिस्तारै चिसो हट्दै जाने छ ।

प्रतिक्रिया