आज बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण हुँदै
नेपालखोज
२०७७ फागुन १० गते ९:५५

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको सोमबार भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा स्वास्थ्य परीक्षण हुँदैछ ।
आज दिउँसो १ः३० बजे उनको स्वास्थ्य परीक्षण डा. प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात मात्रै रोगको निर्क्यौल हुनुका साथै उपचारका बारे के कसो गर्ने भन्ने टुंगो लाग्नेछ ।
आइतबार पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली गएका हुन् । उनी पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।
सम्बन्धित

प्रतिक्रिया