गोरखामा एकै परिवारका तीन जना मृत फेला, हत्या भएको प्रहरीका आशंका
नेपालखोज
२०७७ फागुन १० गते ११:२२

गोरखा । गोरखा बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।
मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन् ।
गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार आइतबा राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए ।
मृतक तीनै जनाको मुखमा फिाज आएको र अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको एसपी गुरुङले बताए ।
घटनाको अवस्था हेर्दा उनीहरुको हत्या गरेजस्तो देखिएको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जौंबारीको टोली त्यस ततर्फ जाँदै गरेको उनले बताए । यद्यपी प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया