शुक्रबार, वैशाख १४, २०८१

एकैदिन थपिए ११ हजार ३५२ कोरोना संक्रमित, संक्रिय संक्रमितकाे संख्या ४७ हजार नाघ्याे

नेपालखोज २०७८ माघ ५ गते १६:३४

काठमाडाैं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधीमा ६१३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ७८ जनाको पीसीआर परीक्षणबाट ९ हजार ५०२ र ५ हजार ३३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ८५० जना गरी जम्मा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् । पछिल्लो चाैबीस घण्टामा भने ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया