बाराको आरती वनस्पति उद्योगमा लागेको आगो १५ घण्टापछि नियन्त्रणमा
नेपालखोज
२०७७ फागुन १० गते १३:५२

बारा । बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–९ स्थित आरती वनस्पति उद्योगमा आइतबार साँझदेखि लागेको आगलागी १५ घण्टा पनि नियन्त्रणमा आएको छ ।
आइतबार साँझ ७ बजेर ३५ मिनेटबाट लागेको आगो सोमबार बिहान करिब ११ बजेमात्र मात्रै नियन्त्रणमा आएको हो ।
उद्योगमा भएको आगलागी नियन्त्रणमा लिन ८ वटा दमकलको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाका ३ वटा, हेटौंडा, जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका एक–एक गरी ८ वटा वारुणयन्त्र र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
यद्यपी आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया