मेलम्चीको सुरूङमा पानी राखेर परीक्ष सुरु, पानी भरिन १६ दिन लाग्ने
नेपालखोज
२०७७ फागुन १० गते १५:१८

सिन्धुपाल्चोक। मेलम्ची खानेपानीको सुरूङ सोमबार पानी राखेर परीक्षण सुरू गरिएको छ ।
सोमबार खानेपानी मन्त्री मणिचन्द्र थापाले सुरूङ स्थलमा पुगेर कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङ परीक्षणको सुरू गरेका हुन् ।
प्रतिसेकेन्ड २६० लिटरका दरले सुरूङमा पानी प्रवाह गरिएको आयोजनाले जानकारी दिएको छ । सुरूङ भरिन करिब १६ दिन लाग्ने छ भने परीक्षण अवधि दुई महिनाको हुने आयोजनाले जनाएको छ ।

उक्त कार्यक्रममा युवा तथा खेलकूद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि सहभागी थिए ।
आयोजनाले पहिलो चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्र निर्माण पनि गरिसकेको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध गराउने तयारी छ ।
सम्बन्धित
प्रतिक्रिया