फुलमालासहित विवेकशीलको माइतीघरमा प्रदर्शन

नेपालखोज २०७७ फागुन १० गते १५:२५

काठमाडौं । विवेकशील पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार काठमाडौंको माइतीघरमा फूलमालासहित प्रदर्शन गरेको छ ।

अधिनायकवादविरुद्ध निरन्तर शान्तिपूर्ण र सिर्जनात्मक प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले ३७ औँ प्रदर्शनमा आज फूलमालासहित प्रदर्शन गरेको हो ।

नागरिकहरुको लामो समयदेखिको चाहना र ठूलो त्यागबाट बनेको संविधान समाप्त पार्ने बाटोमा नलाग्न र नागरिकहरुमा निहित सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गर्दै फूलमाला लिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता लक्ष्मण श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको पछिल्लो कदमप्रति विवेकशील पार्टीले अधिनायकवादविरुद्ध हरेक सोमबार र बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया