जबरजस्ती करणी गरेको अभियोगमा एक समातिए
काठमाडौं । तनहुँ, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घिरिङ गाउँपालिका १ पुट्टार बस्ने ३१ वर्षीय बोम बहादुर दरैलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । दरैले ती बालिकालाई घर नजिकैको ट्वाइलेटमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौतारा र प्रहरी चौकी पुट्टारबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बाँकेमा पनि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका १ बस्ने २२ बर्षीय सुरेश कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ । कुमालले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भोजपुरमा पनि २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका ६ भङ्गेरी बस्ने ४७ बर्षीय धन बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई भङ्गेरीस्थित बुरेणीथान जङ्गलमा शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया