शुक्रबार, चैत १६, २०८०

प्रसाद चलचित्रको सिरिज २ बन्ने

नेपालखोज २०७७ फागुन ११ गते १०:३५


काठमाडौं । नेपाली कथानक चलचित्र प्रसादको सिरिज २ बन्ने भएको छ। २ वर्षअघि प्रदर्शनमा आएको सो चलचित्रमा एक निसन्तान दम्पतीको कथा थियो । चलचित्रले बजारमा राम्रो व्यापार गरेको कारण सिरिज २ बनाउन लागिएको हो ।

चदचित्रमा नम्रता श्रेष्ठ र विपिन कार्की मूख्य भूमिकामा रहेका थिए । तिनै कलाकारहरु समेटेर चलचित्रको दोस्रो सिरिज बन्ने भएको जनाइएको छ । प्रसाद–२ मा भने निर्देशक परिवर्तन हुने भएका छन् । चलचित्रको दोस्रो सिरिज सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । पहिलो सिरिजको निर्देशक दिनेश राउतले गरेका थिए।

‘प्रसाद’मा शीर्ष भूमिकामा देखिएका नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चिल बस्नेत ‘प्रसाद–२’मा पनि शीर्ष भूमिकामा नै देखिने भएका छन् । यी ३ कलाकार चलचित्र ‘प्रसाद–२’का लागि अनुबन्धित भइसकेका छन् ।

चलचित्र सुभाष थापाले निर्माण गर्ने छन् । चैतको दोस्रो साताबाट छायांकनमा जाने यो चलचित्रको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

प्रतिक्रिया