मंगलबार, असार १७, २०८२

मन्त्रिपरिषद् बैठक सुरु, विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने सम्भावना

नेपालखोज २०७७ फागुन ११ गते १३:१८

काठमाडौं । प्रधानमन्त्रीका सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध फुकुवाको निर्णय गर्ने सम्भावना छ ।

वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको हो ।

त्यसका लागि मंगलबार बिहानै बालुवाटारमा सुरक्षा परिषद्को बैठक बसेको थियो । राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो ।

उसमाथि हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप सरकारको थियो । गएको शनिबार नेकपा महासचिव विप्लवले विज्ञप्ति जारी गरेर सरकारले वातावरण बनाएमा वार्ताका लागि तयार रहेको बताएका थिए ।

उनले विज्ञप्तिमार्फत वार्ताका लागि आफ्ना राजनीतिक गतिविधिमा राज्यले लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया