बिहीबार, वैशाख १३, २०८१

निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त

नेपालखोज २०७७ फागुन ११ गते १४:४०

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई दक्षिण अफ्रिाकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रवक्ता जगन्नाथ पन्तले जनाएका छन् ।

प्रतिक्रिया