आइतबार, असार २२, २०८२

देउवा भेट्न बुढानिलकण्ठ जाँदै प्रचण्ड–नेपाल

नेपालखोज २०७७ फागुन १२ गते १२:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

कांग्रेस सभापति देउवालाई भेट्न प्रचण्ड–नेपाल बुधबार दिउँसो देउवा निवास बुढानिलकण्ठ जान लागेका हुन् ।

चितवनबाट जहाजमा काठमाडौं आएका प्रचण्ड–नेपालले सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापना लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे देउवासँग छलफल गर्न लागेका हुन् ।

देउवाका सहयोगी भानु देउवाले सभापति देउवासँग प्रचण्ड–नेपालले भेट्ने कार्यक्रम रहेको जानकारी दिए ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमलाई प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनेका थिए ।

प्रतिक्रिया