पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहका नेताहरुको छलफल

नेपालखोज २०७७ फागुन १२ गते १३:०३

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरु पेरिसडाँडामा छलफलमा जुटेका छन् ।

बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौं आएलगत्तै प्रचण्ड–नेपाल समूहका नेता छलफलमा जुटेका हुन् । बुधबारको विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्वय मंगलबार अपराह्न भरतपुर आपुगेका थिए ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक रहेको फैसाला गरेपछि विरोध सभालाई विजय सभाकारूपमा सञ्चालन गर्ने निर्णय प्रचण्ड–नेपाल समूहले गरेको थियो ।

उक्त समूहको जिल्ला समितिले विजय सभालाई दुवै अध्यक्षले सम्बोधन गर्ने दाबी गरे पनि अन्तिम समयमा सभामा सहभागी नभई काठमाडौं फर्किएका हुन् ।

प्रचण्ड–नेपाल काठमाडौं फर्किए लगत्तै पेरिसडाँडामा जारी छलफलमा प्रचण्ड–नेपाल समूहका सचिवायलस्तरका नेता सहभागी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते भएको संसद विघट असंवैधानिक ठहर गर्दै सर्वोच्चले सो घोषणा बदर गरेपछि अबको रणनीति तय गर्न प्रचण्ड–नेपाल समूह छलफलमा जुटेका हुन् ।

सो समूहले दिउँसो ४ बजेका लागि संसदीय दलको बैठक पनि बोलाएको छ । उता बालुवाटारमा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक बोलाएका छन् ।

प्रतिक्रिया