राजीनामा दिन प्रधानमन्त्री ओलीलाई बामदेवको आग्रह
नेपालखोज
२०७७ फागुन १२ गते १३:२८

काठमाडौं । विभाजित नेकपाका उपाध्यक्ष एवं एकता अभियानका संयोजक वामदेव गौतमले तत्काल राजीनामा दिएर पार्टी एकता कायम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको अवस्थामा पार्टीलाई एकजुट बनाउन प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने गौतमको माग छ ।
नेकपा उपाध्यक्षको हैसियतमा आज विज्ञप्ति जारी गर्दै गौतमले प्रधानमन्त्रीले ढिला नगरी राजीनामा दिनुपर्ने र राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत अदालतको निर्णयको स्वागत गर्दै प्रतिनिधिसभा बैठक आह्वान गर्नुपर्ने बताएका छन् ।
गौतमले नेकपा विभाजनलाई अश्वीकार गर्दै दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाउन अनुरोध समेत गरेका छन् । गौतमले सर्वोच्चको फैसलालाई ऐतिहासिक समेत भनेका छन् ।
सम्बन्धित

प्रतिक्रिया