संसद् बैठक बोलाउने ओली समूहको निर्णय

नेपालखोज २०७७ फागुन १२ गते १४:४२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले तोकेको समयसीमा भित्रै संसद् बैठक बोलाउने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्चले गरेको फैसला स्वीकार गर्ने र तोकिएकै समयमा संसद् बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद् अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको र फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्ने जानकारी दिए ।

त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।

प्रतिक्रिया