इक्वेडरमा कारागारमा झडप : ७५ जनाको मृत्यु, केही घाइते
नेपालखोज
२०७७ फागुन १२ गते १५:२३

एजेन्सी । इक्वेडरमा तीन वटा छुट्टाछुट्टै कारागारमा भएको झडपमा कम्तिमा ७५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।
हिजो विरोधी समूहबीच झडप हुँदा ७५ जनाको ज्यान गएको र केही घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । चक्कु र गोली प्रहारबाट ७५ बढीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
इक्वेडरको कुएङ्का, लाटाकुङ्गा र ग्वेकिल शहरका कारागारमा हिजो रातिको समयमा झडप भएको हो । ८ सय प्रहरीको मद्दतमा प्रशासनले कारागारलाई आफ्नो नियन्त्रणमा लिएको छ । एउटा कारागारमा सुरक्षाकर्मीलाई कैदीहरुले बन्धक बनाएपछि झडप सुरु भएको खबरमा उल्लेख गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया