शुक्रबार, चैत १६, २०८०

गायिका अन्जु र थीर विवाह बन्धनमा बाँधिए

नेपालखोज २०७७ फागुन १३ गते ७:५६

काठमाडौं । । चर्चित गायिका अन्जु पन्तले विवाह गरेकी छन्। गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग विवाह गरेकी हुन्।

दुवै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ बुधबार पाटनस्थित चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको गायिका पन्तको पारिवारिक स्रोतले जनाएको छ।

एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।

थीर र अन्जुको पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। सोही कार्यक्रममा अन्जु अतिथि बनेर आउँदा अञ्जु र थीरबीच परिचय भएको थियो।

प्रतिक्रिया