सोमबार, वैशाख १५, २०८२

अफगान सरकारले सम्झौताको पूर्णरुपमा पालना नगरेको तालिवानी लडाकूको आरोप

नेपालखोज २०७७ फागुन १३ गते ८:४७

एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तान सरकार र पश्चिमा राष्ट्रहरुले गत वर्ष गरेको सम्झौताको पालना नगरेको आरोप लगाएको छ ।

तालिवानको राजनीतिक कार्यालयका एक अधिकारीले अन्तर अफगान वार्ता सुरु भएको तीन महिनाभित्र तालिवानी कैदीहरुलाई रिहा गर्नुपर्ने सहमति पालना नभएकोे भन्दै तालिवानीले आपत्ति जनाएको हो ।

पूर्व निर्धारित समयभन्दा केही ढिलो वार्ता सुरु भएको र सोही समयमा अमेरिकी नेतृत्व परिवर्तन भएपनि अफगानिस्तानका सशस्त्र समूहले सरकारसँग वार्ता सुरु गरेका थिए ।

तर सरकारी पक्षले वार्ताअघि भएको सहमति पालनामा इमान्दारिता नदेखाएको भन्दै तालिवानीले वार्ताप्रति नै आशंका व्यक्त गरेको हो । तालिवानी लडाकूहरुले अफगानिस्तानमा रहेका बाँकी अमेरिकी सेना फिर्ता पठाउन भएको ढिलाइप्रति पनि चिन्ता व्यक्त गरेको अलजजिराले जनाएको छ ।

प्रतिक्रिया