बुधबार, वैशाख १२, २०८१

बिहीबार नेप्सेमा उच्च अंकको गिरावट

नेपालखोज २०७७ फागुन १३ गते १५:५३

काठमाडौं । बिहीबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन १२ दशमलव ५६ अंकले बढेको नेप्से साताको अन्तिम कारोवार दिन आज भने ४४ दशमलव ९४ अंकले घटेर २५ सय ५४ दशमलव १३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५३ अंकले घटेर चार सय ६१ दशमलव ८१ अंकमा पुुगेको छ ।

दुुई सय छ वटा कम्पनीहरुको ८३ हजार चार सय सात पटकको कारोवारमा एक करोड ५८ लाख ५६ हजार एक सय ७१ कित्ता सेयर खरिद बिक्री हुंदा आज कुुल कारोवार रकम छ अर्ब नौ करोड ८१ लाख ८८ हजार चार सय १४ रुपैयाँ पुगेको छ ।

१२ वटा समुहको कारोवार भएकोमा आज १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३७ दशमलव ४९ अंकले घटेर १८ सय ४६ दशमलव ८३ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७६ दशमलव १८ अंकले घटेर १२ हजार नौ सय ५२ दशमलव २८ अंकमा झरेको छ । यि बाहेक बिकास बैक, जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि उच्च अंकले घटेका छन ।

आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९१ प्रतिशतले बढेर तीन सय ७७ रुपैयाँमा कारोवार हुंदा सनराईज फष्र्ट म्युुचअल फण्डको प्रतियुनिट सेयर मुल्य छ दशमलव ८४ प्रतिशतले घटेर १२ रुपैयाँ ९४ पैसामा कारोवार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भने आज प्रतिकित्ता पाँच सय ४४ रुपैयाँ अन्तिम मुल्यमा ८९ करोड ४७ लाख ६४ हजार आठ सय ७४ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया