बिहीबार, वैशाख १३, २०८१

नेपालमा कोरोनाबाट ज्यान गुमाउने ८२ जनाको विवरण फेरि थपियो

नेपालखोज २०७७ फागुन १३ गते १७:५१

काठमाडौं । नेपालमा कोरोनाबाट ज्यान गुमाएका ८२ जनाको विवरण फेरि थपिएको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको सरकारले बिहीवार फेरि ८२ जनाको विवरण थप गरेको हो ।

विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए । बुधवारदेखि तथ्याङ्क विश्लेषण गर्ने र एक वर्षयताका विभिन्न ुकेसु लाई पूर्णरूपमा अध्ययन गर्न थालिएको अधिकारीले बताए ।

कोरोना सङ्क्रमितको सङ्ख्या अझै धेरै देखिन सक्ने उनको अनुमान छ । पछिल्लो २४ घण्टामा थपिएका समेत गरी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६७ पुगेको छ ।

प्रतिक्रिया