शुक्रबार, चैत १६, २०८०

ज्योति लाईफको ६६ करोड रुपैयाँको साधारण सेयर यही फागुुन २३ गतेबाट

नेपालखोज २०७७ फागुन १४ गते १२:५६


काठमाडौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले यही फागुुन २३ गतेबाट ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६६ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।


बिक्री प्रर्वन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही फागुुन २८ गते र ढिलोमा चैत्र आठ गते बन्द हुुने छ । बिक्री गरिने कुुल सेयर मध्येमा कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि पाँच प्रतिसत अर्थात तीन लाख ३० हजार कित्ता, सामुुहिक लगानी कोषको लागि पाँच प्रतिसत अर्थात तीन लाख ३० हजार कित्ता र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणको लागि बिक्री हुुने छ ।


अधिकृत पुंजी तीन अर्ब र जारी पुंजी दुुई अर्ब २० करोड रुपैयाँ कम्पनीको हाल चुक्ता पुंजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी दुुई अर्ब २० करोड रुपैयाँ पुुग्ने छ ।

प्रतिक्रिया