बालाजु सडक विस्तारविरुद्ध प्रदर्शन
नेपालखोज
२०७७ फागुन १४ गते १३:०४

काठमाडौं । बालाजु सडक विस्तारविरुद्ध शुक्रबार उपत्यकाको सडक विस्तार पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै समितिले प्रदर्शन गरिएको हो ।
बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा नेवाः देय् दबूको अगुवाईमा विरोध प्रदर्शन भएको हो ।
काठमाडौं महानगरले बनाउन लागेको सूचना केन्द्रमा लगाइएको बार भत्काएपछि पक्राउ परेका अभियन्ताहरुको रिहाइको माग समेत उनीहरुले गरेका छन् ।
बालाजु सडक विस्तारका नाममा आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने आन्दोलनकारीको माग छ ।
सम्बन्धित

प्रतिक्रिया