‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटोको रोमान्चक जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले रोमान्चक जित निकालेको छ । शुक्रबार भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३-२ गोलको जित निकालेको हो ।
सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे । खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काए । खेलको ११ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । तर, २६ औं मिनेटमा सबिनले फ्रिकिकबाट गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४८ औं मिनेटमा आदिलले गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा आशिषले गोल गर्दै सातदोबाटोलाई २-२ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा भुवनले गोल गर्दै सातदोबाटोलाई ३-२ को जित दिलाए । जितसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ । सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ । खुमलटारले ७ खेलमा १६ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया