शुक्रबार, वैशाख १४, २०८१

नेपाल एक वर्षपछि पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दै

नेपालखोज २०७७ फागुन १५ गते ८:५०

काठमाडौं । नेपाल एक वर्षपछि पर्यटन प्रवर्द्धनका लागि भौतिक रुपमै अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनमा जाने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतको दिल्ली र मुम्बईमा भौतिक रुपमै उपस्थित भई दक्षिण एसियाली स्तरको ट्राभल मार्टमा भाग लिने निश्चित भएको छ ।

कोरोना भाइरसको महामारीका बीच अघिल्लो वर्षको चैतबाट विदेशमा पर्यटन प्रवर्द्धनको कार्यक्रम रोकिएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीका अनुसार जुन मुलुकले पर्यटन प्रवर्द्धनका अभियान शुरु गरेका छन्, ती मुलुकमा अब भौतिक रुपमै उपस्थित भई प्रवर्द्धन अभियान प्रारम्भ गरिने भएको छ ।

यस दौरान नेपालले परम्परागत उत्पादनका साथै महामारीपछि पनि घुमफिरका लागि सुरक्षित रहेको सन्देश प्रवाह गरिने उहाँको भनाइ छ । दिल्ली र मुम्बईपछि सिलिगुडीमा समेत नेपालले भौतिक उपस्थितिमै प्रवर्द्धन गर्नेछ । यसरी हुने प्रवर्द्धनमा बोर्ड र निजी क्षेत्रका व्यवसायीले आफ्नो स्टल राखेरै नेपाल भ्रमणमा पर्यटकलाई आहृवान गर्ने छन् ।

प्रतिक्रिया