बुधबार, वैशाख १२, २०८१

सुत्केरी महिला र बच्चाको हेरचाह

नेपालखोज २०७७ फागुन १५ गते १४:०५


काटमाडौं । सामान्यरुपमा लिने हो भने बच्चा जन्माउनु कुनै नौलो कुरा होइन तर यसलाई यस्तै सामान्य रुपमा लिने हो भने नवजात शिशु र आमा दुबैलाई खतरा हुनसक्छ । खासगरी बच्चा जन्माउनु शारीरिक क्रिया र प्राकृतिक कुरा भए पनि मान्छेमा यो भावनासँग जोडिएको कुरा हो । पशुजगत्ले सन्तान पाए जस्तो मान्छेले बच्चा पाउनु कदापि होइन । पशुको तुलनामा मान्छेको बच्चा धेरै कुराहरुमा कमजोर हुन्छ । मान्छेमा ममताको भावना ज्यादा हुने कारण नै हो धर्तीमा मान्छे मानव भएर रहेको । विशेष गरी मातृममताको कारण मानवता टिकेको हुन्छ । बच्चा पाउनु भनेको एउटा शरीरबाट अर्को शरीर उत्पादन गर्ने काम भएकोले विशेष गरी सुत्केरी महिलाको रेखदेख ज्यादै नै मीहिन ढंगले गर्नुपर्ने हुन्छ । प्रथमपटक आमा बनेकाहरुको दागि त यो अझै नौलो कुरा हुन आउँछ । त्यसै कारण हो पहिलोपटक आमा भएका महिलाहरुलाई घरका अन्य महिलाहरुले विभिन्न खाले सुझाव दिने ।
प्रसवपछि नयाँ आमाको विशेष रेखदेख बच्चा जन्मिएको ६ देखि ८ हप्तासम्म गर्नुपर्ने हुन्छ । त्यसपछिका दिनहरु भने थोरै राहत मिल्छ । यो ५६ दिनको समयमा ज्यादै होसियार भएर आमा र बच्चाको ख्याल राखेन भने समस्याका पहाडहरु चुलिँदै जाने हुन्छ । आउनुहोस् प्रसवपछि के के गर्नुपर्छ भनी चिकित्सकहरुले दिएको सुझावलाई एकछिन मननगरौं ।
प्रसवपछि सुत्केरी र बच्चालाई चाहिन्छ आराम
सुत्केरी भएपछि बच्चालाई १८)१९ घण्टासम्म आराम गराउनुपर्छ । त्यस्तै सुत्केरी महिलाले पनि आठ घण्टा आराम गर्नुपर्ने हुन्छ । बच्चा कम्तीमा पनि ८÷१० पटक दूध खानको लागि ब्युँझन्छ । हरेक दुई घण्टामा बच्चालाई डाइपर परिवर्तन गरी सरसफाइ गरिदिनुपर्ने हुन्छ । जसले बच्चालाई न्यानो हुने हुन्छ । बच्चा ब्युँझिने कारण आमालाई फुर्सद नहुने कारण आमालाई पनि बच्चा निदाएको समयमा आराम गर्ने व्यवस्था मिलाईदिनुपर्ने हुन्छ । यसले आमा र बच्चा दुबैको स्वाथ्य राम्रो हुन्छ । घरका सदस्यहरुले यो कुरा ध्यान दिनु जरुरी हुन्छ ।
आमा बनेकी महिलाले जान्नैपर्ने कुरा
आमा बनेकी महिलालाई स्लिम बन्ने बिचार आए पनि आठ हप्तासम्म यसको अभ्यास गर्नु हुँदैन किनकी आमा अस्वास्थ भएमा बच्चाको स्वास्थ्य पनि राम्रो हुँदैन । आठ हप्तापछि मात्र खानेकुराको कटौती जस्ता कुराको अभ्यास गर्नु आवशयक छ । आमा बनेकी महिलाको तौल पहिले नै घटिसकेको कारण अझै तौल घटाउनु बच्चाको लागि प्रत्युत्पादक हुन जान्छ ।
पोषणयुक्त खाना र नियमित आराम
सुत्केरी महिलाले आठ हप्तासम्म नियमित पोषणयुक्त खाना खानुपर्छ । जसले शरीरलाई र बच्चालाई फाइदा गर्छ । त्यस्तै बच्चा निदाउने बित्तिकै आराम सुरु गरिहाल्नुपर्छ । यसले रातको समयमा शिशु उठ्दा सुत्न नपाएर हुने आरामको कमीबाट बच्न सजिलो हुन्छ । दिनभर पनि जागा रातमा पनि जागा बस्दा शरीरलाई आराम नपुग्नाले आमाको स्वास्थ्यमा पर्ने असरबाट बच्न यस्तो उपाय अपनाउन पर्छ । निद्रा नलागे पनि आमाले बच्चा सुतेपछि सुत्ने प्रयास गर्नुपर्छ । यसले शरीरलाई आराम पुगिराख्न मद्धत पुग्छ ।
घरपरिवारको प्रशस्त सहयोग
घरमा नयाँ सदस्यको आगमन हुनु साँच्चै भावनात्मक रुपले पनि रोमाञ्चकारी कुरा हो । त्यसैले सुत्केर िमहिलालाई घर परिवारको सदस्यले राम्रो सहयोग गर्नुपर्ने हुन्छ । परिवारको सदस्यले आमा र बच्चाको राम्रो हेरचाह र आमालाई सहयोग गरेको खण्डमा आमाको भावनात्मक स्थिति राम्रो हुन गई बच्चालाई पनि प्यारको अनुभूति गराउन सकिने हुन्छ ।

प्रतिक्रिया