बिहीबार, चैत १५, २०८०

कोरोना अपडेट : ८१ जना सङ्क्रमित थपिए, दुईको मृत्यु

नेपालखोज २०७७ फागुन १५ गते १८:३९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ हजार आठ सय २४ जनामा पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिले नौ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन्

नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । २४ घण्टामा थप ४८ जना निको भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख ७० हजार तीन सय २५ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ सय ७३ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया