बुधबार, वैशाख १२, २०८१

पीएसजीको जितमा एमबाप्पेको दुई गोल

नेपालखोज २०७७ फागुन १६ गते ११:०६

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित हात पारेको छ । शनिवार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मोइस किन र डानिलो पेरेइराले समान एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा मोइसको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । ३२ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए । त्यसपछि खेलको ८२ औं मिनेटमा डानिलोले गोल गर्दा पीएसजीले सहज जित निकाल्यो ।

जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ । पीएसजीले २७ खेलमा ५७ अंक जोडेको छ । शीर्ष स्थानको लिलको ५८ अंक रहेको छ ।

डिजोन १५ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया