सुनचाँदीको मूल्यमा गिरावट
नेपालखोज
२०७७ फागुन १६ गते ११:२९

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । केहीदिन यता निरन्तर ओरालो लागेको सुनको मूल्यमा आज पनि शुक्रवारको तुलनामा ५ सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा सुन प्रतितोला ८८ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा १० रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया