सिप्रदी ट्रेडिङका निर्देशक सौर्य शमशेर राणाको निधन

नेपालखोज २०७७ फागुन १६ गते १४:४४

काठमाडौं । टाटा मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको निर्देशक सौर्य शमशेर राणाको मृत्यु भएको छ । चार दिनअघि काठमाडौंको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसन गरेका राणाको आइतबार बिहान निधन भएको हो ।

नेपाल भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष समेत रहेका राणाको आज बिहान निधन भएको सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।

सिप्रदीका मार्केटिङ म्यानेजर रुपम श्रेष्ठका अनुसार राणाको शव आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिँदै छ । राणाले अटो व्यवसयामा लामो समय काम गरिसकेका छन् । स्वर्गीय राणाको श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया