शुक्रबार, चैत १६, २०८०

नेप्सेमा आज उच्च अंकको गिरावट, ७९ अंकले घट्दा आठ अर्ब ३५ करोडको कारोबार

नेपालखोज २०७७ फागुन १६ गते १६:०९

काठमाडौं । आइतबार नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोवार दिन नै नेप्से ७९ दशमलव ७४ अंकले घटेर २४ सय ७४ दशमलव ३९ अंकमा पुगेको छ । यस्तै, सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ५३ अंकले घटेर चार सय ४७ दशमलव २९ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय सात वटा कम्पनीहरुको ९६ हजार छ सय ५१ पटकको कारोवारमा एक करोड ६० लाख १७ हजार तीन सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार आठ सय १४ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा होटल र पयर्टन समुहको सुचक ११ दशमलव आठ अंकले बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बाणिज्य बैंक समुहको सुचक ५४ दशमलव ५७ अंकले घटेर १७ सय ९२ दशमलव २५ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७८ दशमलव एक अंकले घटेर १२ हजार सात सय ७४ दशमलव १८ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युत, लघुबित्त, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि उच्च अंकले घटेका छन ।

आज चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ८१ प्रतिशतले बढेर चार सय १४ रुपैयाँमा कारोवार हुंदा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य पनि सात प्रतिशतले घटेर १४ सय ३४ रुपैयाँमा कारोवार भएको छ । यसैगरी आज शिखर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता २८ सय २४ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब दुई करोड १६ लाख ३२ हजार आठ सय २४ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया